जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी



जुम्ला । जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका गोमा कुँवर शाहीलाई दोब्बर मतले पराजित गरेका हुन् ।

शाहीले २२ हजार ८ सय १९ मत ल्याए भने गौतम कुँवरले ११ हजार ९ सय ५९ मत प्राप्त गरिन् । नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५ सय २८ मत प्राप्त गरे ।