जाजरकोट । जाजरकोट क्षेत्र नं १(२) बाट नेपाली कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मत ल्याएर विजयी भएका हुन्।
नेकपा (माओवादी केन्द्र)को साथ पाएका शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका हुन् । शाहीले १० हजार पाँच सय ३० मत प्राप्त गरे ।
समाजसेवाबाट राजनीतिमा प्रवेश गरेका शाह कांग्रेसका केन्द्रीयसमेत हुन् ।