जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भयो : अध्यक्ष लिङ्देन



बनियानी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि आज झापाको चन्द्रगढीमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले जनताले समृद्धि र परिवर्तन खोजिराखेको र यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताए । उनले जनतालाई धोका नदिने र विश्वासघात नगर्ने प्रतिबद्धता जनाएका छन् ।


“जनताले विश्वास गरेर मलाई विजय गराउनुभएको छ”, उनले भने, “म उहाँहरुलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु, उहाँहरूको भरोसामाथि तुसारापात गर्ने छैन ।” अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने र गर्न नदिनेसमेत दोहो¥याए ।