सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?



काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १०० रुपैयाँँले बढेर कारोबार भइरहेको छ ।

अघिल्लो दिन सोमबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।


यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।