निर्वाचन आचारसंहिता छलफल



विराटनगर । आसत्र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता २०७९ सम्बन्धी छलफल आज यहाँ सम्पत्र भएको छ । आचारसंहितामा भएको व्यवस्था तथा अन्य कानुनी व्यवस्था र राजनीतिक दल एवं उम्मेदवारको भूमिका सम्बन्धमा प्रदेश निर्वाचन कार्यालय विराटनगरले छलफलको आयोजना गरेको हो ।

सो अवसरमा प्रदेश निर्वाचन अधिकारी लेवन कास्यप अधिकारीले आचारसंहिता सबैले पालना गर्नुपर्ने, राजनीतिक दल तथा दलको भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने, राजनीतिक दलले सञ्चारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचारसंहिता, निर्वाचनसम्बन्धी खर्च विवरण, सम्पत्ति र वैयक्तिक विवरण पेस गर्नुपर्ने, निर्वाचन मितिको ४८ घण्टा आगाडिको अवधिमा गर्नुपर्ने आचरण, मतदानको दिन पालना गर्नुपर्ने आचारसंहिता, आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा राजनीतिक दल तथा उम्मेदवारको भूमिका विषयमा जानकारी गराएका थिए ।


अधिकारीले मनोनयपत्र दर्ता, प्रस्ताव र समर्थक, मनोनयमा पेस गर्नुपर्ने आवश्यक कागजात र उम्मेदवारले निर्वाचनमा गर्नुपर्ने खर्चको सीमा सम्बन्धमा पनि जानकारी गराएका थिए । सो अवसरमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन निष्पक्ष, धाँधलीरहित, स्वच्छ वातावरण एवं मर्यादित रुपमा सम्पत्र गर्न निर्वाचन आचारसंहिताको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले राजनीतिक दलहरुले आपसमा समन्वय गरेर मनोनयको समय निर्धारण गर्दा अझ राम्रो हुने भन्दै आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दल, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी एवं सर्वसाधारणले पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

मोरङको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले निर्वाचनमा आम मतदातालाई निर्वाचनस्थलसम्म लैजान सुरक्षा निकाय सुरक्षाको पूर्ण अनुभूति दिलाउने जानकारी दिए । उनले एकीकृत सुरक्षा प्रणालीअनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना परिचालन हुने भन्दै मोरङमा तीन सय ६ मतदानस्थलमा ५० वटा अतिसंवेदनशील र एक सय ४४ संवेदनशील मतदानस्थल रहेको बताए ।

निर्वाचनमा कुनै पनि अराजकता गतिविधि हुन नदिन सुरक्षा निकायले विशेष भूमिका निर्वाह गर्ने जनाउँदै उनले निर्वाचनलाई सहज, सरल, मर्यादित, धाँधलीरहित एवं व्यवस्थित बनाउन राजनीतिक दलहरुको भूमिका पनि महत्वपूर्ण रहने बताए ।

नेपाली कांग्रेस मोरङका सचिव ललितबहादुर श्रेष्ठ, नेकपा एमाले मोरङका अध्यक्ष क्रृषिकेश पोखरेल, राप्रपाका अध्यक्ष माधव आचार्य, राप्रपा नेपालका गोपाल खड्का र अन्य दलका प्रतिनिधिहरुले पनि राजनीतिक दलको सहमतिमा निर्वाचन आयोगले तयार पारेका आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा निर्वाचन अधिकृतका तर्फबाट मोरङ निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले पनि निर्वाचनको गतिविधि बारेमा बोलेका थिए ।