ईश्वर पोखरेलद्वारा काठमाडौँ क्षेत्र नम्बर-५ मा उम्मेदवारी दर्ता



काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् । आइतवार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

पोखरेल यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी बनेका थिए । उनीसँग प्रतिस्पर्धाका लागि सत्ता गठबन्धनले नेपाली कांग्रेसका प्रदीप पौडेललाई टिकट दिएको छ । सोही क्षेत्रबाट रन्जु दर्शनालगायतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।