एमाले उपाध्यक्ष पौडेलद्वारा रुपन्देही क्षेत्र नं २ बाट मनोनयन दर्ता



बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रुपन्देहीको क्षेत्र नम्बर २ बाट नेकपा एमालेकोतर्फबाट उपाध्यक्ष विष्णु पौडेलले मनोनयन दर्ता गरेका छन् ।

आइतबार दिउँसो ठूलो संख्यामा पार्टीका कार्यकर्ताहरुसहित निर्वाचन कार्यालय पुगेर उपाध्यक्ष पौडेलले मनोनयन दर्ता गराएका हुन् ।


त्यसैगरी उक्त निर्वाचन क्षेत्रबाट प्रदेशसभाका लागि रुपन्देही क्षेत्र नं (२ क)मा एमाले पोलिटब्युरो सदस्य लिला गिरी र क्षेत्र नं २ (ख) मा एमाले लुम्विनी प्रदेश कमिटी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।

उपाध्यक्ष पौडेलसहितका तीनैजना उम्मेदवार २०७४ सालको निर्वाचनमा समेत वाम गठबन्धनको उम्मेदवारको रुपमा निर्वाचित भएका थिए । यसपटक राजनीतिक समीकरण बदलिएपछि यस क्षेत्रमा एमाले नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपासँगको तालमेलमा उम्मेदवारी दिएका हुन्।