दिल्ली प्रहरीद्वारा १२ सय करोडको लागुऔषधसहित २ अफगान नागरिकलाई पक्राउ



दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको बाएको छ । करिब १२ करोड बराबरको ३१२ किलो मेथाम्फेटामाइन लागुऔषध सहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको छ । त्यसैगरी उनीहरूबाट १० किलो शुद्ध हेरोइन समेत बरामद गरेको छ ।

आरोपीहरूलाई नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकैको मेथापुर रोडबाट पक्राउ गरिएको हो। सन् २०१६ देखि भारतमा बस्दै आएका २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिमलाई विदेशबाट सञ्चालित लागुऔषध तस्करको ठुलो मात्रा दिल्लीमा ल्याइने भएको सूचना पाएपछि दिल्ली प्रहरीले पक्राउ गरेको बताएको छ ।


एसीपी ललित मोहन नेगी र हृदय भूषणको नेतृत्वमा रहेको टोलीले इन्स्पेक्टर विनोद कुमार बडोला र इन्स्पेक्टर अरविन्द कुमार र एसआई सुन्दर गौतम र एसआई यशपाल सिंहको सहयोगमा ती व्यक्ति पक्राउ गरेको हो । दुई अफगानी नागरिकलाई पक्राउ गर्दै अन्तरराष्ट्रिय सिंथेटिक लागुऔषध कारोबारीको पर्दाफाश गरिएको प्रहरीको दाबी छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।