थप ८१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको १ हजार ९७ पिसिआर परीक्षणका क्रममा ३९ जना र २ हजार ३ सय ५० एन्टीजेन परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ७५ जना काेराेना संक्रमणमुक्त भएका छन् ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितकाे संख्या १ हजार ४ सय ८३ रहेको छ ।