जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते



जुम्ला । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्युलाबाट स्याउ लिएर सुर्खेतका लागि छुटेको वाग्मती प्रदेश-०३००१ ख २१६४ नम्बरको ट्रक गए राति हिमा गाउँपालिका-१ आचार्य लिहीको बझाङे खोलामा दुर्घटनामा परेको हो ।


दुर्घटनामा ट्रकका चालक मकवानपुरका अविनाश लामाको मृत्यु भएकाे छ । यस्तै सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ । घाइते न्यौपानेको टाउकोमा गहिरो चोट लागेको छ। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।