रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित



काठमाडौँ । अभिनेतृ रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् ।


तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन्। पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।