उदयपुरमा एकै परिवारका तीनजनाको हत्या



उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ गौधाटारमा एकै परिवारका तीन जनाको हत्या भएको छ । शुक्रबार एकै परिवारका तीन जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

घरबाट खेततर्फ जाँदै गरेका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३० वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको हत्या भएको हो । हत्या लगत्तै फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेस पोदारले जानकारी दिएका छन् ।


आरोपितले राजकुमारलाई खेतमा जाँदै गरेको अवस्थामा चौवाटे कुलो र आमाछोरालाई स्थानीय बबिङ खोलामा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको कारण बारे केही खुलेको छैन ।