कक्षा १२ काे नतिजा प्रकाशित, ४१७९ जनाले ल्याए ३.६-४ जिपिए



काठमाडाैँ । कक्षा १२ को नतिजा प्रकाशित गरिएकाे छ ।  राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको बताए ।

सार्वजनिक नतिजाअनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।


सार्वजनिक नतिजाअनुसार ४१७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३०१०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्। ६५२८८४ जनाले २.८ देखि ३.२० जिपिए ल्याएका छन्।  ६४०९३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन्। १०९०० जनाले २.१ देखि २.४ जिपिए ल्याएका छन्।

त्यस्तै १.६. २ जिपिए ल्याउने ३५ जना छन्। नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० छन् । ग्रेड बृद्विका लागि १ लाख ३० ८७८ जनाले दिन पाउनेछन्।

त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको बताइएको छ ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।