काठमाडौँ । मदन पुरस्कार गुठीले ’मदन पुरस्कार २०७८’ का लागि प्राप्त भएका २९९ पुस्तकमध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरेको छ ।
पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले मदन पुरस्कार गुठीलाई ८ पुस्तकको नाम उपलब्ध गराएको हो ।
छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७८ को मदन पुरस्कार दिइने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।
मदन पुरस्कार – २०७८ श्रेष्ठ सूचीमा छानिएका ८ पुस्तकहरू:
अग्नि डा. नवराज लम्साल
ग्रीष्मको नीलो बतास डा. दामोदर पुडासैनी ‘किशोर’
महाभारा बसन्त बस्नेत
यादको सन्दुक दिपा मेवाहाङ राई
लिच्छवि लिपि डा. नयनाथ पौडेल
व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश प्रा. नीलमणि ढुङ्गाना
सती : इतिहास र मीमांसा सुजित मैनाली
हिति प्रणाली पद्मसुन्दर जोशी