पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित पक्राउ



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ६ लाख घुससहित पक्राउ गरेको हो ।

उनले पर्यटन व्यवसायको दर्ताका लागि ६ लाख रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीबाट घुस लिइरहेको बेला मंगलबार साँझ अख्तियारको टोलीले उनलाई नक्सालस्थित एक होटलबाट पक्राउ गरेको हो।