नेप्सेमा ५५ अंकको वृद्धि



काठमाडौँ । सेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको पहिलो दिन आइतबार २७ अंकको गिरावट आएको बजार आज ५५ अंक बढिले उकालो लागेको हो ।शेयर बजार परिसूचक नेप्से सोमबार ५५.८८ अङ्कले बढेर २०६५.८९ विन्दुमा पुगेको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ । आज २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँमा खरिदबिक्री भयो ।


आइतबार २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको थियो ।

कारोबारमा आएका सबै समूहको सूचक सकारात्मक देखिएको छ। विकास बैंक, जलविद्युत्, फाइनानस, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

दुई सय १५ वटा कम्पनीको ६० लाख २६ हजार कित्ता शेयर दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।

सोमबार राधी विद्युत् कम्पनी, रिभल फल्स पावर, मल्टिपर्पोज फाइनान्स र श्री इन्भेस्टमेन्ट फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि रिडी हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ ।