थप ८८८ जनामा कोरोना पुष्टि, एकको मृत्यु



काठमाडौं : नेपालमा थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा देशभरबाट ५७३७ नमूना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार ५७३७ जनाको नमूना परीक्षण गर्दा पीसीआर विधिबाट ४२७ जना तथा एन्टिजेन विधिबाट ४६१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

हाल देशभर ५ हजार ३८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।