थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा थप ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा देशभरबाट ३७८९ नमूना परीक्षण गर्दा ५५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको हाे।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ५६५९ रहेकाे छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ हजार ९६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।