टेनिस स्टार सेरेना विलियम्सले सन्न्यास लिने



अमेरिकी टेनिस स्टार खेलाडी सेरेना विलियम्सले सन्न्यासको घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्रममा एक पोस्ट शेयर गर्दै ४० वर्षीया विलियम्सले सन्नयासको घोषणा गरेकी हुन् । आउँदो महिना हुने यूएस ओपनमा खेलपछि सन्न्यास लिने योजना रहेको उनले बताएकी छन् ।

उनले इन्स्टाग्रममा लेखेकी छिन्, ‘जीवनमा एक समय यस्तो आउँछ, जहाँ हामीले एक छुट्टै दिशामा अघि बढ्ने निर्णय लिनुपर्ने हुन्छ । आफूले निकै माया गर्ने कुरालाई छोड्नुपर्दा त्यो समय सधैँ कठिन हुने गर्दछ ।’


महिला टेनिसकी स्टार खेलाडी सेरेना विलियम्सले २३ पटक ग्रान्ड स्लाम जितेकी छिन् । उनले आफ्नो करियरमा ६ पटक त यूएस ओपन जितेकी छिन् । उनले सन् १९९९, २००२, २००८, २०१२, २०१३ र २०१४ मा यूएस ओपन जितेकी छिन् ।

पछिल्लो केही समयदेखि उनी चोट सहँदै आएकी थिइन् र टेनिस कोर्टमा पनि उनलाई फर्मले साथ दिइरहेको थिएन । आफ्नो खराब फर्मका कारण लामो समयदेखि उनको सन्न्यासबारे खबरहरू आइरहेको थियो ।