चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती मागेको आरोपमा ६ जना पक्राउ



काठमाडौँ । काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बुधबार राति चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरी गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ नेपालीलाई पक्राउ गरिएको हो ।

अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्दार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुले चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटिएको प्रहरीले जनाएको छ। अपहरणमा परेका चिनियाँसँग उनीहरुले एक करोड फिरौती समेत माग गरेका प्रहरीले जनाएको छ।