निर्वाचनको मिति घोषणा स्वभाविक र अपेक्षित : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेले सरकारले मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई स्वागत गरेको छ ।

बिहीबार नेपालस्थित विदेशी सञ्चार माध्यमका पत्रकारहरुसँगको छलफलका क्रममा अध्यक्ष ओलीले निर्वाचन अपेक्षित रहेको बताउँदै त्यसको स्वागत गरेका हुन् ।


उनले चुनाव घोषणालाई एमालेले सकारात्मक रुपमा लिएको बताए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ।