अर्थसचिव मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा



काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो । मरासिनीले आफूलाई सरुवा गराइदिन आग्रह गरे अनुसार नै उनको सरुवा भएको बताइएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेपछि सचिव मरासिनीको पनि आलोचना भइरहेको थियो ।


त्यसपछि मरासिनी असार २२ गते बिदामा बसेका थिए । तर शर्माले मन्त्रीबाट राजीनामा दिएपछि उनेि भोलिपल्ट नै मन्त्रालय फर्किएका थिए । साउन १५ गते अर्थमन्त्रालयमा शर्मा फर्किएपछि मरासिनी बिदामा बसेका थिए ।