युवापुस्ताले आफ्नो भाषा, संस्कृति र वेशभूषाको जगेर्ना गर्नुपर्छ : मुख्यमन्त्री राई



माेरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले युवापुस्ताले आफ्नो भाषा, संस्कृति र वेशभूषाको जगेर्ना गर्नुपर्ने बताएका छन् । सष्ट्रा नेपालद्वारा आज साँझ विराटनगरमा आयोजित ‘मिस विराटनगर’ प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री राईले युवाहरुमा लुकेर रहेका कला, कौशलहरु यस्ता प्रतियोगिताले प्रस्फुटन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले मुलुकमा रहेको प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटन क्षेत्रको प्रवद्र्धनमा युवापुस्ताले आफ्नो क्षेत्रबाट दत्तचित्त भई क्रियाशील हुनुपर्नेमा जोड दिए ।


सष्ट्रा नेपालका अध्यक्ष विन्दीया कार्कीले यस प्रकारको प्रतियोगिताले युवतीहरुलाई समाजको विकासमा प्रेरणा पुग्ने धारणा राखिन् । प्रतियोगितामा १३ जना युवतीको सहभागिता छ ।