नागरिकता विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित



काठमाडाैँ । नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेय बहुमतले पारित गरेको हो ।


गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा गरेका थि ए।

विधेयकमाथि प्रमुख प्रतिपक्षी दल एमाले विपक्षमा रह्यो भने सत्ता गठबन्धन दलले समर्थन गरेका थिए ।  राष्ट्रियसभाबाट पारित भएको नागरिकता सम्बन्धी विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिको हातमा पुग्नेछ ।

अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू हुनेछ ।