वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत हुन जरुरी छ : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी रहेको बताएका छन् ।

बकर ईदको अवसरमा मुस्लिम धर्मावलम्बीहरूलाई शुभकामना दिंदै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रा तय गर्न वाम–लोकतान्त्रिक शक्तिहरू केन्द्रीकृत हुनपर्ने बताएका हुन् ।


शुभकामना सन्देशमा भनिएको छ, ‘मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरुरी छ ।’