संयुक्त राष्ट्रसंघले श्रीलंकाका गर्भवती महिलाहरूका लागि खाद्य सहायता सुरु गर्ने



श्रीलङ्कामा देखिएको चरम आर्थिक संकटप्रति संयुक्त राष्ट्र संघको आकस्मिक प्रतिक्रियाका क्रममा श्रीलङ्कामा करिब दुई हजार गरिब महिलाले बिहीबार खाद्यान्न सहायता पाउन थालेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार यहाँका पाँच मध्ये चार जनाले उच्च मूल्य खर्च गर्न नसक्ने भएकोले खर्च धान्नका लागि खाना खान नै छोड्न थालेका छन् ।

संयुक्त राष्ट्रसंघले श्रीलङ्कामा लाखौंलाई सहायताको खाँचो परेको ‘अत्यन्तै चरम मानवीय संकट’को चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले ‘जीवन बचाउने सहयोग’ अन्तर्गत कोलम्बोको विभिन्न क्षेत्रमा करिब दुई हजार गर्भवती महिलाहरूलाई बिहीबारदेखि खाद्यान्न सहयोग वितरण गर्न थालेको बताएको छ ।


एसिया र प्रशान्त महासागरका डब्ल्यूएफपी उपक्षेत्रीय निर्देशक एन्थिया वेबले भनिन्, “दुई करोड २० लाख जनसङ्ख्या रहेको राष्ट्रका गरिब मानिसहरूलाई खाना औषधिजस्ता आधारभूत कुराहरू किन्न कठिन भइरहेको छ । उनले भनिन्, “खाना नखाने बेला तिनीहरूले आफ्नो र सन्तानको गर्भदेखि नै स्वास्थ्यलाई खतरामा पार्दैछन् । डब्ल्यूएफपीले १५ हजार रूपैयाँ (४० अमेरिकी डलर) मूल्य भएको नगद कुपन वितरण गर्न लागिएको जनाएको छ । यसलाई संयुक्त राष्ट्रसंघले ३० लाख श्रीलंकालीहरूलाई बढ्दो मूल्यको नराम्रो असर पर्नबाट जोगाउन मद्दत गर्ने प्रयासको एउटा भाग भएको बताएको छ ।

जून र डिसेम्बरबीच खाद्यान्न उद्धार कार्यको लागि यस अन्तर्राष्ट्रिय निकायले ६० करोड अमेरिकी डलर जम्मा गर्ने प्रयास गरिरहेको बताएको छ । डब्ल्यूएफपीले लाखौं केटाकेटीलाई स्कूलमा कम्तीमा पनि एक चोटि खाना खान मद्दत गर्न चाहेको बताएको छ । कार्यक्रम अन्तर्गत खाद्य, नगद वा कुपनद्वारा खाद्यान्न सहयोग अर्को लाख मानिसहरूलाई दिइनेछ डब्ल्यएफपीले जनाएको छ ।

दक्षिण एसियाली राष्ट्र, श्रीलङ्काले खाद्यान्न, इन्धन, औषधि तथा अन्य अत्यावश्यक सामानको अभाव झेल्दै आएको छ । विदेशी मुद्रा मौज्दात घट्दै गएको र सरकारी दुरुपयोगका कारण संकट उत्पन्न भएको भन्दै देशमा ठूलो समूह आन्दोलितसमेत बनेको छ । इन्धनको अभाव बढ्दै गएपछि सरकारले थप बिदा को घोषणा गर्दै पेट्रोल र डिजेल संरक्षण गर्र्ने नीति अख्तियार गरेको छ । यसअन्तर्गत शुक्रबार सबै स्कूलहरू बन्द गर्ने निर्देशन भइसकेको छ ।

श्रीलङ्काले अप्रिलमा आफ्नो ५१ अरब डलर वैदेशिक ऋण भुक्ता गरेपछि थप जमानतको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता भइरहेको छ । यहाँ आन्दोलनका कारण मे महिनामा कम्तीमा पनि नौ जनाको मृत्यु भएको र आन्दोलनकारी समूहले संकटको समाधान दिन नसकेको भन्दै राष्ट्रपति गोटाबाया राजपाक्षको राजीनामासमेत माग्दै आएका छन् ।