मन्त्री हेरफेरविरुद्ध उभिएका एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता



काठमाडौँ । मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

नेता सोमप्रसाद पाण्डेले पर्यटनमन्त्री प्रेम आलेसहित ६ जना सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका जानकारी दिए ।पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनपछि उनीहरुले हस्ताक्षर फिर्ता लिएका पाण्डेले बताए ।


पार्टी निर्णय अवज्ञा गर्नेगरी भएको निर्णय विचार गर्न भन्दै अध्यक्ष नेपालले हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । १० जना सांसदहरुले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको भन्दै विरोधमा हस्ताक्षर गरेका थिए।