धादिङमा किसानले लुटे दुई ट्रक रासायनिक मल



धादिङ । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको दुई ट्रक रासायनिक मल किसानहरुले लुटेर लगेका छन् ।

शनिबार दिउँसो काठमाडौँ आउँदै गरेको मल बोकेको दुई ट्रक रासायनिक मललाई स्थानीयले लुटेका हुन्। स्थानीयले अन्दाजी ४०० बोरा मल लुटेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएकाे छ । प्रहरीका अनुसार राजस्व विभागले रासायनिक मल बोकेको ट्रक नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गर्दा मल लुटिएको हो ।


एकैचोटि ४०० बढी स्थानीय आएपछि ट्रकसँगै आएको दुई जना सशस्त्र प्रहरीले पनि केही गर्न नसकेको वडाध्यक्ष रमेशप्रसाद आचार्यले जानकारी दिए।