काठमाडाैँ । मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ ।
दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगले जनाएका छन् । ती ठाउँमा पुन: मतदान सुरु गर्न प्रयास भइरहेको पनि आयोगले जनाएको छ ।