कास्कीमा ४० प्रतिशत मत खस्यो



कास्की । स्थानीय तह निर्वाचनअन्र्तत आज कास्कीमा ११ बजेसम्म ४० प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाता खचाखच लामबद्ध भएको तथा ११ बजेसम्म करिव ४० प्रतिशत मत खसेको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिँदै उहाँले निर्वाचनमा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको बताए ।


कूल ३३६ मतदान केन्द्र रहेको कास्कीका पाँच पालिकामध्ये पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता छन् भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ मतदाता छन् । त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रुपा गाउँपालिकामा १४ हजार ६७५ मतदाता रहेका छन् ।