स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना : १३ जनाको मृत्यु, ११ जना घाइते 



वालिङ । स्याङ्जाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर घाइते भएका ११ जनालाई उपचार गर्न पोखरा लगिएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए । 


वालिङ नगरपालिका १४ को कोखे अखलाबासका मतदातालाई जीप चढाएर मतदान केन्द्र थुमपोखरा लैजाँदै गर्दा पञ्चमूलमा जीप दुर्घटना भएको थियो।

मतदाता चढेको जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

मृतक र घाइतेको सनाखत हुन बाँकी छ।