भरतपुरकी मेयर दाहाल सवार गाडी दुर्घटना



काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । बहिनी गंगाका अनुसार ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको थियो । 

रेनुकी बहिनी गंगा दाहालका अनुसार दुर्घटनामा परेर घाइते भएकी रेनुलाई अस्पताल लगेर ‘सिटीस्क्यान’ गरिएको छ।‘टाउकोको बाहिरी भागमा मात्रै चोट लागेको चिकित्सकहरूले बताउनुभएको छ,’ उनले भनेकी छन्, ‘अहिले डिस्चार्जको तयारी भइरहेको छ।’


उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडीको दुर्घटनामा परेको हो । गाडी अगाडिको भागमा क्षति पुगेको छ ।