मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप



जनकपुर । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि पैसा बाँडेको आरोप लागेको छ ।

अन्सारी जनकपुरस्थित सीताचरण होटेलमा ४ दिनदेखि बसेको र मतदातालाई रिझाउन पैसा बाँडेर जानकीराम साहका पक्षमा मुस्लिम मतदातालाई प्रभावित गर्न खोजेको आरोप लागेको छ ।


नेकपा एमालेका कार्यकर्ता पुगेर होटेल नै घेराउ गरेपछि पुगेको प्रहरी टोलीले अन्सारीलाई सुरक्षासहित बाहिर निकालेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।