फुङ्लिङ नगरपालिका–११ मा माओवादी केन्द्रका भट्टराईसहित प्यानल नै विजयी



ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका रहेको फुङ्लिङ नगरपालिका–११ वडामा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा युवराज भट्टराईसहित प्यानल नै विजयी भएकाे छ ।

भट्टराईले ३५४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मनित इजमले २४९ मत प्राप्त गरेका छन् भने एमालेका सबिन विष्टले २०१ मत प्राप्त गरेका छन् ।


त्यस्तै महिला सदस्य पदमा ३५७ मत प्राप्त गर्दै बिनिता राई विजय भएकी छन् । दलित महिला सदस्य पदमा ३४७ मत प्राप्त गर्दै कमला विश्वकर्मा विजयी भएकी छन् । खुल्ला सदस्य पदमा ३७८ र ३३७ मत प्राप्त गर्दै लक्ष्मी बिष्ट र नन्दकुमार इजम विजय भएका छन् ।

फुङ्लिङ नगरपालिकामा गठबन्धनका कांग्रेसका प्रमुख पदका उम्मेदवार अमिर मादेनले ५०१ मत प्राप्त गरेका छन् भने एमालेका छत्रपति प्याकुरेलले २०७ मत प्राप्त गरेका छन् ।

यता, उपप्रमुख गठबन्धनका बमबहादुर भट्टराईले ४९१ मत प्राप्त गरेका छन् भने एमालेका भीमादेवी ओझाले २१४ मत प्राप्त गरेकी छन् ।