काठमाडौँको टोखा नगरपालिकामा एमालेको अग्रता

????????, ?? ????? ???????? ?????????????? ?????? ??????????????????? ????????? ???????? ?????? ? ?????? ? ????????? ????,????


काठमाडाैँ । काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएको छ ।

स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज दुई हजार २५८ मतगणना हुँदा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारीले ९३५ मतका साथ अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले ८०१ मत प्राप्त गरेकाे टोखाका सहायक निर्वाचन अधिकृत अनिल जोशीले जानकारी दिए ।


यस्तै, उपप्रमुखमा पनि नेकपा (एमाले) कै उम्मेदवार ज्ञानमाया डङ्गोलले अग्रता लिएकी छन् । डङ्गोलले ८७५ मत प्राप्त गर्दा उनकाे प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मुरारी तामाङले ८०३ मत प्राप्त गरेकाे जोशीले बताए ।

यस्तै, माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले १८५ र माओवादी केन्द्रकै उपप्रमुखको उम्मेदवारले २४१ मत प्राप्त गरेका छन् । कूल ११ वडा रहेको टोखामा वडा नं १ र २ को मतगणना भइरहेको छ ।

उक्त नगरपालिकाको वडा नं १ मा झोर र २ मा टोखाको बजारक्षेत्र पर्दछ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको सहायक निर्वाचन अधिकृत जोशीले बताए ।