काभ्रेमा केही पालिकामा गणना सुरु



काभ्रे । शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ । अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिका सहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा कूल मतदातामध्ये ६५ प्रतिशतले मत खसेको छ भने महाभारत गाउँपालिकामा ७५ प्रतिशत मत खसेको छ । त्यस्तै कोसीपारिस्थित चौँरी देउराली गाउँपालिकामा ६० दशमलव ०८ प्रतिशत र भुम्लु गाउँपालिकामा ७० दशमलव २९ प्रतिशत मत खसेको छ ।


त्यस्तै तेमाल गाउँपालिकामा ६८ दशमलव ७२ प्रतिशत, रोशी गाउँपालिकामा ७१ दशमलव ५२ प्रतिशत र बेथानचोक गाउँपालिकामा ६८ दशमलव ५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले बताए ।

त्यसैगरी बनेपामा ७७ दशमलव ८५ प्रतिशत, मण्डनदेउपुर ७५ दशमलव ७५ प्रतिशत, धुलिखेलमा ७७ दशमलव ७९ प्रतिशत, नमोबुद्धमा ७५ दशमलव ०८ प्रतिशत, पनौतीमा ७२ प्रतिशत र पाँचखाल नगरपालिकामा ७४ दशमलव ८८ प्रतिशत मत खसेको जनाएको छ ।