म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ ।
गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सतप्रसाद रोका विजयी भएका छन् । रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ र नेकपा माओवादीका टेकबहादुर विकले १ हजार ५ सय २१ मत प्राप्त गरेकधा छन् ।
त्यस्तै उपाध्यक्षमा पेमा अधिकारी सवैभन्दा धेरै ४ हजार २ सय ६१ मत लिएर बिजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शर्मिला थापाले २ हजार ५ सय ९५ र नेकपा माओवादीका सुकमाया रोकाले १ हजार ३ सय ७३ मत प्राप्त गरेकाे सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिए । उ
ता मङ्गला– ५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । मङ्गलामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष र १,२ र ५ गरी ३ वडा जितेको छ भने माओवादीले वडा नं ३ र कांग्रेसले वडा नं ४ बरंजामा जित हासिल गरेको छ ।