आमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित



भाेजपुर । भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक राई निर्वाचित भएका छन् ।

राई तीन हजार ६८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त राईले तीन हजार २५८ मत प्राप्त गरे ।


उपाध्यक्षमा पनि माओवादीकै सीता राई तीन हजार ५६१ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ शेर्पाले तीन हजार २२४ मत प्राप्त गरेका छन् ।