नेपाल प्रहरीका पाँच डिआइजीको सरुवा



काठमाडौँ । सरकारले पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार डिआइजीहरु मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्कीको सरुवा भएको हो ।