रेनु दाहालले मेयर पदबाट दिइन् राजीनामा



चितवन । चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । स्थानीय तह निर्वाचनमा प्रमुख पदमा फेरि उम्मेदवारी दिन दाहालले शुक्रबार राजीनामा दिएकी हुन् ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले दाहालको राजीनामा स्वीकृत भएको जानकारी दिइन् । निर्वाचन आयोगले उम्मेदवार बन्न बहालवला पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेपछि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न दाहालले राजीनामा दिइन् ।