गठबन्धन लामो समयसम्म टिक्दैन : उपमहासचिव गुरुङ

!=u08sL, !( kmfu'g M k|]; rf}tf/L u08sL k|b]z k|yd clwj]zgsf] ljlxjf/ kf]v/fdf pb3f6g ub}{ g]skf -Pdfn]_ pkdxf;lrj Pjd k|rf/ ljefu k|d'v k[YjL;'Jjf u'?ª . t:jL/ xl/ af:tf]nf, /f;;


गण्डकी । नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अवसरवादका जगमा बनेको गठबन्धन कमजोर बन्दै गएको बताए । वर्तमान सरकारले मुलुकको विकास एवं जनताका अपेक्षालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनले पत्रकार जगत्ले यस किसिमका मुद्दालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।


पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्ने बताउँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङले समाजका सत्यतथ्य कुरालाई जनतामाझ ल्याउनुपर्नेमा जोड दिए । चौतारीमा आबद्ध पत्रकारहरु नेताका वरिपरि घुम्नुभन्दा अध्ययन, अनुसन्धानका आधारमा लेख रचनाको माध्यमबाट जनतालाई सुसूचित गर्दै समृद्ध नेपालको अभियानमा जुट्नुपर्नेमा उनको जोड थियो ।