महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय



काठमाडौँ । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले महाअभियोग प्रस्तावलाई न्यायपालिका र लोकतन्त्रविरद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकले महाअभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहारको रुपमा लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।


त्यस्तै उनले महाभियोगको कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आफूहरुले लिएको बताए । एमालेले यस कदमलाई असफल पार्ने बताएको छ ।