काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप छ हजार ७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको नमूना परीक्षण गरिएको थियो । १४ हजार १४ जनाले पीसीआर र तीन हजार ४५१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ५४७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १६ हजार ९८५ पुगेको छ । यो दर ९५ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ५९ हजार ४८५ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख दुई हजार ४५५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख १८ हजार २४८ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ९१ हजार ४६ पुगेको छ । कूलमा सङ्क्रमण दर १७ दशमलव एक प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८२ दशमलव छ रहेको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ८७७ रहेको छ । हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या जम्मा २६ र आइसियूमा १३९ रहेको छ । होम आइसोलेशनमा २९ हजार ७०५, संस्थागत आइसोलेशनमा एक हजार १७२ र क्वारेन्टिनमा १०० जना रहेका छन् ।
हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवान, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा झापा, धनुषा, पर्सा, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, बाँके र दाङ छन् । शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १३ हजार ९८६, ललितपुर तीन हजार ५५५ र भक्तपुरमा एक हजार ८४६ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ४३ हजार ३६० रहेको छ ।