एमालेको प्रदेश अधिवेशन सर्‍यो



काठमाडाैँ । नेकपा एमालेको प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सरेको छ । माघ ८ गतेका तोकिएका सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

गत शुक्रबार ६१ जिल्लाको अधिवेशन सकिएको थियो भने १६ जिल्लाको अधिवेशन बाँकी छ । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले कुनै पनि सभा/सम्मेलन नगर्न आग्रह गरेको छ । कोरोनाकाे जोखिमलाई दृष्टिगत गर्दै अधिवेशन सारिएको एमालेले जनाएको छ ।