माधव नेपाललाई कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालकाे सचिवालयले जनाएको छ । उनमा कुनै प्रकारको लक्षण नदेखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि सचिवालयले जनाएको छ ।