प्रधानमन्त्री समक्ष प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

k|d b]pjfnfO{ pRr:t/Lo ;ldltsf] k|ltj]bg a'emfOFb} sf7df8f}F, @^ sflQs M lakL sf]O/fnf :jf:Yo lj1fg k|lti7fg w/fgsf kbflwsf/Laf/] ul7t pRr:t/Lo 5fglag ;ldltsf] ;+of]hs tyf :jf:Yo tyf hg;ªVofdGqL lj/f]w vltj8fn] k|wfgdGqL z]/axfb'/ b]pjfnfO{ afn'jf6f/df z'qmaf/ k|ltj]bg a'emfpFb} . t:jL/ M /f]zg ;fksf]6f÷/f;;


काठमाडौं, २६ कात्तिक। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाएको हो । प्रतिष्ठानमा देखिएको अनियमितता र पदाधिकारी हटाउने विषयमा छानबिन गर्न यही कात्तिक ५ गते स्वास्थ्यमन्त्रीको अध्यक्षतामा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल तथा धरान उपमहानगरपालिकाका प्रमुख सदस्य रहेको समिति गठन गरिएको थियो ।


समितिलाई २१ दिनको अवधि दिइएको थियो । प्रतिवदेन बुझाएपछि मन्त्रालयमा पत्रकारसँगको कुराकानीमा मन्त्री खतिवडाले छिट्टै बस्ने प्रतिष्ठानको सिनेट बैठकले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरी देखिएका समस्याको समाधान गर्न बाटो खुलाउने विश्वास व्यक्त गरे । “प्रतिष्ठानमा देखिएका विवादका विषयको छानबिनको माग गर्दै सिनेटका छ जना सदस्यले निवेदन दिएका आधारमा छानबिन समिति गठन भएको र यसले आफ्नो प्रतिवेदन पनि बुझाइसकेको अवस्थामा अब छिट्टै समस्याको समाधान हुनेछ”, उनले भने ।

प्रतिवेदन तयार गर्ने क्रममा आन्दोलनरत पक्ष, प्रतिष्ठानका कर्मचारी, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवालासँग बसेर गरिएको छलफल र विगतमा गठन गरिएका समितिले दिएका प्रतिवेदनको समेत अध्ययन गरी प्रतिवेदन तयार गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

उनका अनुसार प्रतिवेदनमा प्रतिष्ठानमा भइरहेको अनियमितता, चिकित्सकको आन्दोलन तथा प्रतिष्ठानका पदाधिकारी हटाउने विषयमा छानबिन गरी सुझाव दिइएको छ । प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता बढेको भन्दै त्यहाँका चिकित्सक चार महिनादेखि आन्दोलनमा उत्रिएका छन् ।