प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त



काठमाडाैं, २६ कात्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त भएका छन् । केन्द्रीय सदस्य जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इञ्चार्जको जिम्मेवारी दिइएपछि उक्त स्थानमा पूर्वविद्यार्थी अध्यक्षसमेत रहेका मल्ललाई नियुक्त गरिएको हो ।

मल्ललाई प्रचण्डको सचिवालय हेर्ने गरि जिम्मेवारी दिइएको छ । मल्ल अखिल(क्रान्तिकारी)को नेतृत्व गर्दा पनि सालिन, भद्र र सक्षम नेताको रुपमा रहेका थिए । पछिल्लो समय प्रचण्ड प्रधानमन्त्री हुँदा मल्लले उनको सचिवालयमा बसेर काम गरिसकेका छन् ।