बर्दिया र कैलाली जोड्ने पुल सञ्चालन



२३ असाेज । बर्दियाको बर्दिया–कैलाली जोड्ने सत्तिघाटको पुल अस्थायीरूपमा सञ्चालनमा आएको छ ।

पहिलो र दोस्रो पिलरको एक्सपान्सन ज्वाइन्ट भासिएपछि अवरुद्ध भएको पुल अस्थायीरूपमा सञ्चालनमा आएको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख गागलबहादुर भण्डारीले बताए ।


पुल सञ्चालनमा आएपछि दौलतपुर घाटमा रहेको स्टिमर प्रयोग गरी जोखिमपूर्ण लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।