पाँचसय ५७ सङ्क्रमित थपिँदा ८७७ जना सङ्क्रमणमुक्त



७ कात्तिक । बितेका २४ घण्टामा देशभर ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८७७ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका स्वास्थ्यसंस्था र प्रयोगशालामा सात हजार ६२५ जनाको परीक्षण गर्दा ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।


छ हजार ६१ जनाको ‘पिसिआर’ परीक्षण गर्दा ५२२ र एक हजार ५६४ जनाको ‘एन्टीजेन’ विधिबाट परीक्षण गर्दा ३५ जना सङ्क्रमित भेटिएका हुन् । देशभर १० हजार २०१ जना सक्रिय सङ्क्रमित रहेकाे मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा तीनजना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३४८ पुगेको छ ।

२२० जना क्वारेन्टिनमा रहेका तथा पछिल्लो २४ घण्टामा देशभर सात हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका उक्त मन्त्रालयले जनाएको छ ।

आइतबारसम्मको तथ्याङ्कअनुसार आठ लाख नौ हजार ५६ जना सङ्क्रमित भएका छन् भने सात लाख ८७ हजार ५०७ जना सङ्क्रमणमुक्त भएका छन् ।