मकालु आधार शिविरमा पर्यटकको मृत्यु



७ कात्तिक । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एकजना डेनिस नागरिकको मृत्यु भएको छ ।

मकालु–२ मकालु आधार शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिए । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले पुष्टि गरेको छ ।


प्रहरी कार्यालयका सूचना अधिकारी शुभेष अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु आधार शिविरभन्दा केही माथि शनिबार दिउँसो मृत्यु भएको हो । गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए ।